☰ open

परराष्ट्रमन्त्री खड्काले आजै चिनियाँ परराष्ट्रमन्त्रीलाई भेट्ने

२०७९ श्रावण २५, बुधबार १०:०४
media khavar

काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्काले आज चिनियाँ परराष्ट्र मन्त्रीलाई भेट्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो।

चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का मंगलबार राती चीन प्रस्थान गरेका थिए। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights