☰ open

‘चुनावी कार्ड’ फाल्दै नेताहरुको घरदैलोमा डा. बाबुराम

२०७९ श्रावण २६, बिहीबार १३:४५
media khavar

काठमाडौँ । प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणासँगै नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन केन्द्रित दलीय भेटघाटलाई तीव्रता दिएका छन्।

उनले मंसिर ४ को निर्वाचनमा कसरी प्रतिस्पर्धा गर्ने भन्ने रणनीति अंगिकार गर्न गठबन्धनलगायत अन्य दलका नेताहरुलाई भेटने क्रम तीव्र पारेका हुन् । परिणाम थोर बहुत भएपनि आफ्नो पक्षमा कसरी पार्न सकिन्छ भन्ने उद्देश्यले डा. भट्टराईले अन्य नेताहरुलाई विभिन्न ‘चुनावी कार्ड’हरु फालिरहेका छन्।

यही क्रममा बुधबार मात्र गठबन्धन दलमध्ये ठूलो दल नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न आफ्नै पार्टीका दोस्रा अध्यक्ष महेन्द्र यादवलाई लिएर उनी बालुवाटार पुगे । र, बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेटेका छन्।

स्रोतका अनुसार बालुवाटार पुगेर सभापति एवं प्रधानमन्त्री देवासँग आफ्नो निर्वाचन क्षेत्रमा चुनाव जित्नका लागि गठबन्धनको सहयोग मागेका छन् भने यस वापत अन्य स्थानमा आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर चुनावी तालमेलको कुरा राखेका छन्। डा. भट्टराईले अध्यक्ष दाहाललाई पनि ‘की सत्तारुढ गठबन्धनमै सामेल गराउ की माओवादी केन्द्रसँग मात्र गठबन्धन गर्ने वातावरण बनाउ’ भनेर फर्किएका छन्।

‘आज र हिजाको दुवै छलफल निकै सकारात्मक ढंगले अघि बढेको छ। दुवै छलफलमा चुनावी रणनीतिबारे छलफल भएको छ। फेरी अर्को बैठकबाट निष्कर्ष निकाल्ने सहमती भएको छ’, नेसपाको पहिलो अध्यक्ष डा. भट्टराईका सहयोगी विश्वदिप पाण्डेले नागरिक न्यूजसँग भने। उनका अनुसार दुवै छलफल चुनाव केन्द्रित थिए।

निर्वाचनका सम्भावित तालमेल, सत्तारुढ गठबन्धनमा सामेल हुने वा माओवादीसँग मात्र गठबन्धन गरेर जाने भन्ने विषयमा छलफल केन्द्रित थियो। नेसपाका दोस्रा अध्यक्ष महेन्द्र यादव सर्लाही र डा. भट्टराई गोरखामा एक्लै चुनाव लडेर जित्ने सम्भावना पहिले जस्तो नरहेको जानकारहरु बताउँछन्। त्यसो त नेसपामा यी दुवै नेता जित्ने सम्भावना भएका मानिन्छन्। त्यसैले पनि तालमेल र गठबन्धन कसरी गर्न सकिन्छ भनेर चुनावी रणनीति बनाउन व्यस्त छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights