☰ open

न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ती नै छ : अध्यक्ष लामिछाने

२०७९ श्रावण २६, बिहीबार १५:१९
media khavar

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजको मितिसम्म आविरुद्ध कुनै मुद्दा र लेनदेनको विषय बाँकी नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा रवि लामिछानेविरूद्ध धेरै मुद्दाहरू बाँकी रहेको अमेरिकामा हुँदा लेनदेनको विषयहरू पनि यथावत् नै रहेका आरोपहरूको खण्डन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन्। उनले अमेरिकाको नागरिकको नागरिकता समेत लिएको आरोप उनलाई लाग्ने गरेको छ ।

उनले सामाजिक सञ्जालमा थुप्रै आरोपको खण्डन गर्दै लेखेका छन्, ’अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन । मैले सबै तिरोतारो सकिसकेंको छु । न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ती नै छ । प्रक्रिया त सबैले पूरा गर्नु पर्छ। ’ओपन’ लेखिएको एउटा केसमा तिर्नु पर्दैन भनेर वादीले नै फिर्ता गरेको ’डिसमिस’ लेखेकै छ। यी सबै मेरो व्यवशायसँग सम्बन्धित क्रेडिटर र भेन्डरसँगका विषय हुन्।’

उनले आफूसँग सम्बन्धित विषयमा भागेको, लुकेको, ठगेको केही पनि नभएको बताउँदै नियतवश ब्यक्तिगत लेनदेन समेत गरि कसैलाई केही तिर्नु पर्ने बाँकी नराखेको बताएका छन्। उनले लेखेका छन्, ’फेरी निकै वर्ष भयो।

मैले त भुली पनि सकें तर मलाई सम्झेर यति पुरानो कुरा खोजेर यो जानकारी उपलब्ध गराउने शुभ चिन्तकहरु प्रति आभारी छु। यो दुनियाँमा आजका मितिसम्म मेराविरुद्ध कुनै मुद्दा भएको मलाई जानकारी छैन। थाहा पाएं भने अघिल्लो जन्मको समेत तिर्छु। शुभ चिन्तक हुन् त मेरा जस्ता जो संसार भुलेर मेरो चिन्ता गर्छन्।’

सञ्चार क्षेत्रमा बिट मारेर राजनीतिमा प्रवेश गरेका लामिछानेलाई विभिन्न मुद्दालाई अधुरो छाडेर राजनीति रोजेको जस्ता आरोपहरू छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights