☰ open

अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेसमा प्रवेश

२०७९ श्रावण २७, शुक्रबार ११:३५
media khavar

काठमाडौँ । अभिनेता अनुपविक्रम शाही नेपाली काँग्रेस प्रवेश गरेका छन्। दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका अभिनेता शाहीलाई शुक्रबार बिहान एक कार्यक्रमका बीच गृहमन्त्री एवम् काँग्रेस नेता बालकृष्ण खाँणले पार्टी प्रवेश गराएका हुन्।

साथै उनलाई खाँणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिएका छन् । मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरू महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights