☰ open

अध्यक्ष ओली र अभिनेत्री रेखा थापाबीच भेटवार्ता

२०७९ श्रावण २७, शुक्रबार १६:३९
media khavar

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापाबीच भेटवार्ता भएको छ। सोही भेटमा समसामयिक राजनीति र चुनावबारे छलफल भएको बताएको छ।

बुधबार ओली निवास बालकोटमा भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन्। स्रोतका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेको बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights