☰ open

कुनै अवरोध नभए आजदेखि फोहोरका गाडी बन्चरेडाँडा पुग्ने : मेयर बालेन

२०७९ श्रावण २९, आईतवार ०९:५६
media khavar

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडामा पुग्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मेयर शाहले शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको र कुनै अवरोध नभए आजदेखि दैनिक रूपमा २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडा पुग्ने बताएका हुन्।

उनले सिसडोलको दुरावस्था बन्चरेडाँडामा दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन् । उनले लेखेका छन्,’हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावश्था बञ्चरेमा दोहोर्याउने छैनौँ। थुप्रिएका फोहोरहरुको व्यवस्थापन नभइ अन्य विकल्पहरुमा जानु व्यवहारिकरुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ।’

बन्चरेडाँडामा अज्ञात समूहले फोहोर बोकेका गाडी र डोजरमा तोडफोड गरेपछि केही दिनयता काठमाडौंको फोहोर उठाइएको थिएन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights