☰ open

कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धामा उभिन डराइरहेको छ : ओली

२०७९ श्रावण २९, आईतवार १०:२२
media khavar

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धन गरेकोमा कांग्रेसप्रति व्यंग्य गरेका छन् । शनिबार भएको नेपाल लोकतान्त्रिक शेर्पा संघको कार्यक्रममा ओलीले बैसाखीको साहाराले समेत कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धाका उभिन डराइरहेको आरोप लगाए ।

‘मान्छे त ठीकै छ त्रिहतर, असी, पचासी वा नब्बे वर्षमा अलिकति बुढ्यौली लाग्छ । एउटा पार्टी त असी, नब्बे वा दुई सय वर्षमा पनि जवान हुन्छ नि । कांग्रेसलाई के भएको हो ? लौरो टेकेर पनि अडिन नसक्ने भइसक्यो, अडिनै नसक्ने र खुट्टै टेक्न नसक्ने भइसक्यो,’ ओलीले भने, ‘अनि प्रचण्ड खोज्या छ, अर्को खोज्या छ, लौ न हात समाऊ यता भनेको छ । के भएको त्यस्तो ? पार्टी नै त यति सारो हुनु नपर्ने ।’

ओलीले कांग्रेसले देशको राजनीतिलाई झगडा र दुस्मनीतर्फ लैजान खोजेकाले बाह्य शक्तिले खेल्ने खतरा देखिएको बताए । ‘गलतको संगतमा परेर हो कि नियत नै त्यस्तै भएर हो, कांग्रेसले लोकतन्त्रलाई गलत दिशातर्फ लान खोजेको छ । कांग्रेसले राजनीतिलाई दुस्मनीतर्फ, लडाइँ झगडातर्फ लैजान खोजिरहेको छ,’ ओलीले भने, ‘जो भोलि देशका लागि अत्यन्त दूर्भाग्यपूर्ण हुनेछ । देशमा द्वन्द्वको स्थिति हुन सक्छ । त्यसलाई बाह्य शक्तिले आफ्ना निम्ति प्रयोग गर्न सक्छन् । देशको अस्तित्व खतरामा पर्न सक्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights