☰ open

राष्ट्रिय स्वतन्त्र पार्टीको सातै प्रदेशमा समिति गठन

२०७९ श्रावण २९, आईतवार २०:१३
media khavar

काठमाडौँ । राजनीतिमा संक्षम युवा पुस्ताको नेतृत्वको अपरिहार्यता दर्शाउदै संचारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी जन्माएका सभापति रवि लामिछानेले करिब महिनादिनमै सातै प्रदेशमा समिति गठन गरेका छन्।

१७ असारमा औपचारिकता पाएको लामिछाने नेतृत्वको पार्टी प्रदेश, जिल्ला र स्थानीय समितिहरू गठन गर्दै मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रचारप्रसारमा लागीपरेको छ।

घण्टी चुनाव चिन्ह पाएको पार्टीलाई विस्तार गर्दै संक्षम वर्गबाट देश निर्माणको अभियान लिएर सभापति लामिछाने र प्रवक्ता मुकुल ढकालसहितको टोलीले पुर्वदेखी पश्चिम नेपालका विभिन्न जिल्लामा रास्वपाको समिति गठन गरिरहेको छ।

रास्वपाका प्रवक्ता डा.मुकुल ढकालका अनुसार प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली, बाग्मती, र मधेश प्रदेश गरि सातै प्रदेशमा प्रदेश तथा जिल्ला समिति गठन भैसकेको तथा स्थानीय समितिहरू गठन प्रक्रियामा रहेकोले छिट्टै सम्पन्न हुने बताए।

यस्तै श्रावण १५ मा कञ्चनपुरमा जिल्ला भेलासगैँ मातहतका समिति गठन गरी लामिछानेले सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश भेला गरी प्रदेश र जिल्ला समिति बिस्तार गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले १९ गते नेपालगञ्ज रंगशालामा बाँके जिल्ला भेला, २० गते दाङको घोराहीमा जिल्ला भेला सम्पन्न गर्दै जिल्ला र स्थानीय कार्यसमितिहरू बनाएको थियो।

यसैगरी, श्रावण २१ गते रुपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेश भेला गरी भेलाले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिहरू गठन ग¥यो। आगामी चुनावमा सकेसम्म देशभरबाट उम्मेदवार उठाउने तयारीमा रहेको रास्वपले २३ गते काभे्रपलाञ्चोक, २५ मा धादिङ, २६ मा नवलपुर जिल्ला भेला गरी, २७ गते बाग्मती ,२८ गते मधेश प्रदेश भेला सम्पन्न गर्दै जिल्ला र स्थानीय संगठनको संरचना तय गरिसकेको छ।

साथै श्रावण २९ गते ९भोलि० प्रदेश १ इटहरी धरानमा प्रदेश स्तरीय भेला तथा दार्चुला जिल्ला भेला सक्दै कार्यसमिति गठन गर्ने कार्यक्रम रहेको छ। यसलगत्तै श्रावण ३१ गते बैतडी, भाद्र २ गते बझाङ, भाद्र ४ मा डडेलधुरा, ५ मा डोटी र अछाम, ७ गते बाजुरा जिल्लामा भेला गरि जिल्ला र स्थानीय कार्यसमितिहरू गठन गरिने कार्ययोजना रहेको रास्वपा प्रवत्ता ढकालले बताए। यो सगैँ सम्पूर्ण पालिका र वडामा समेत समिति गठन हुने क्रम जारी रहेको उनले बताएका छन्।

कमिसन, नातावाद र क्रिपावादबाट होइन, जनताबाट क्षमतावान नेतृत्वको छनौट हुनुपर्ने संकल्प लिएका सभापति लामिछाने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने योजनामा छन्।

आफू दुई कार्यकाल मात्र राजनैतिक नेतृवमा रहने सो अवधिमा जनताको मन जित्न नसके बिश्राम लिने बताउदै आएका रास्वपा सभापति लामिछाने सुरुकै प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गर्न लागी परेका छन्। राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार, प्रत्यक्षमा कम्तिमा १ र समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्न सके मात्रै पार्टीले राष्ट्रिय दलको मान्यता पाउँने व्यवस्था गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights