media khavar

काठमाडौँ,। नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रामसिंह यादव एमाले प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका केन्द्रीेय सदस्यसमेत रहनुभएका नेता यादवले आज आईतबार एमाले पार्टी कार्यालयमा गई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका र खादा लगाएर सो पार्टीमा प्रवेश गर्नुभएको एमालेले बताएको छ ।
यादव ०७४ सालको भदौमा माओवादीबाट स्वास्थ्य राज्य मन्त्री बन्नु भएको थियो । ०६९ साल नेकपा एमाले छोडेर माओवादी केन्द्रमा गएका यादव पुनः एमालेमै फर्कनुभएको हो ।
०४० सालदेखि एमालेलाई बलियो खम्बा बनाएर आफ्नो राजनीतिक यात्रा अगाडि बढाउँदै एमाले पार्टीका विभिन्न समस्या भएका कारण पार्टी छोडेर माओवादी केन्द्रमा जानुभएको थियो ।
लामो समय एमालेमै रहेर काम गरँे, उहाँले भन्नुभयो, बीचमा केही समस्या उत्पन्न भएपछि एमाले छोडेर माओवादीमा गएको थिएँ । अब फेरि आफ्नो पुरानो घरमा फर्केको उहाँले बताउनु भयो । म माओवादीमा रहिरहँदा मैले देखेको त्यहाँको अस्तव्यस्त अवस्थाले न कम्यूनिस्ट आन्दोलनलाई, न त नेकपा माओवादी केन्द्रलाई नै बनाउँछ ।
कम्यूनिस्ट आन्दोलनलाई हाक्न सम्ने, कम्यूनिस्ट पार्टीलाई एकरूपता बनाउन सक्ने क्षमता नेकपा ऐमालेसँग मात्र छ उहाँले भन्नुभयो, त्यसैले म एमालेमै पुनः फर्केको हुँ यावको भनाइ छ । नेता यादवसँग ३२ जना नेता तथा कार्यकर्ताले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया