☰ open

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

२०७९ श्रावण ३०, सोमबार ०९:५५
media khavar

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

आजको बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने भएको छ।

यसअघि आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा डा. भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति जनाएका थिए। उक्त मौखिक सहमतिलाई आजको बैठकमा लिखित रुपमा औपचारिकता दिइने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights