☰ open

फोहोर माथि चरम राजनीति, बालेनलाई असफल बनाउने खेल हुदैछ : अध्यक्ष लामिछाने

२०७९ श्रावण ३०, सोमबार १८:१३
media khavar

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फोहोरको व्यवस्थापन गर्न नदिएर, फोहोर माथि चरम राजनीति गरि बलेन शाहलाई बदनाम गर्ने खेल भएको बताएका छन्। प्रदेश नं १ इटहरीको प्रदेश भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले स्वतन्त्रबाट वा नयाँ आएकाहरुले केही गर्न सक्दैनन् भन्ने प्रमाणित गर्नका निमित्त बलेनलाई बदनाम गर्ने खेल भएको बताए। ’जनताले सम्बोधन गरेर, आँट गरेर, साहस गरेर जिताएर पठाएकाहरुहरुलाई असफल पार्ने साँधकाट गरिएको छ’ उनले भने।

’कुनै पनि हालतमा बालेनलाई असफल हुन दिनेछैनौं, हामी त्यसका लागि जे गर्न पर्छ तयार छौं, यदि हर्कहरु बालेनहरु असफल भए भने अरु स्वतन्त्रहरुले पनि केही गर्न सक्दैनन् भन्ने बनाउन घिन लाग्दो राजनीति खेल सुरु भइसकेको छ’, उनले भने।

लामिछानेले जनताले आशा गरेर जिताएर पठाएका युवा राजनीतिज्ञहरुको सफलताको लागि पनि राष्ट्रिय स्वतन्त्र पार्टी सत्तामा जानै पर्ने बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights