☰ open

बञ्चरेडाँडामा स्थानीयको अवरोध, तनावलाई नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार

२०७९ श्रावण ३१, मंगलवार १६:५५
media khavar

काठमाडौं, । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ ।

तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास प्रहार गरेको छ । फोहोर बोकेर गएको गाडीलाई स्थानीयले गुलेलीलगायतका साधनले हान्ने र अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।

प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउण्ड हवाईफायर र केही सेल अश्रुग्यास प्रहार गरेको हो ।

स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको मैनालीले बताए । स्थानीयबासीले विभिन्न माग राखी फोहोर फाल्नलाई अवरोध गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights