☰ open

सिद्धार्थ बैंक र मोकोबीच सहकार्य

४ वर्ष

काठमाडौँ । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ।

बैंकका ग्राहकहरूले मोको डिजिटल वालेट मार्फत नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रूपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत् तथा खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न सक्ने जनाएको छ।

यसका अतिरिक्त ग्राहकहरूले मोकोको एपमार्फत भिजा, युपिआई, अलिपे, युपिआई, खल्ती, आइएमई पे जस्ता विभिन्न क्युआर स्क्यान गरी वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया