☰ open

माओवादी सांसदको आरोप : ‘राष्ट्रपतिले विवेक प्रयोग गर्नुभएन’

२०७९ भाद्र २, बिहीबार १७:४७
media khavar

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाएकी छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्। उनले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताइन्। सांसद बिशंखेले संसदमा भएका सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिइन् । उनले नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताएकी हुन्। उनले नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रुपमा नागरिकता दिनुपर्नेमा जोड दिइन्। नागरिकताको बारेमा फरक रुपमा रहँदा फरक तर्क गर्न नमिल्ने उनले बताइन्।

उनले भनिन्, ‘आजपनि हामीले छोरा र छोरीलाई विभेद गर्ने वहस सिर्जना गरिरहेका छौँ। यो वहसको बिरोध गर्न चाहन्छु। महिला निरीह हुँदैन। नेपाली चेलीसँग विवाह गर्ने पुरुषले नेपालमा बस्छु भन्दा नागरिकता दिन सक्ने वातावरणबाट कसरी हल गर्ने? यो वहस पनि छैन। यहाँ कुन कोणबाट बहस भइरहेको छ। छोरीसँग विवाह गरेर आउने ज्वाईंले चाहन्छन् भनेपनि र छोरासँग विवाह गरेर आउने बुहारीले चोहमा पनि नागरिकता दिन सक्नपर्छ।

जान पनि सक्छन् आउनपनि सक्छन्, उनीहरुलाई पनि नागरिकता सहज ढंगले दिनुपर्छ। थर फेर्न, नाम फेर्न चाहनेलाई पनि नागरिकता दिनुपर्छ। यो नागरिकता दिनुपर्छ भन्ने विषय हो। एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन? विवेकको प्रयोग गरौँ। मेरो प्रश्न र चुनौती छ विवेकको प्रयोग गर्न सक्नुहन्छ? ठूला वहस गर्नेलाई मेरो चुनौती छ। इभन सम्मानित राष्ट्रपति जस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन। अरुको के कुरा गर्ने।’

सांसद बिशंखेले सहज रुपमा नागरिकता दिने कुरामा सोच्न आवश्यक रहेको बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights