☰ open

पार्टी पदाधिकारी टुंग्याउन माओवादी स्थायी कमिटीको बैठक बस्दै

२०७९ भाद्र ४, शनिबार ०९:२७
media khavar

काठमाडौँ । पार्टी पदाधिकारी टुंग्याउन आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ।

बैठक पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसोको १ बजे बस्नेछ। आज बस्ने बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी चयन गर्ने भएका छन्।

पटकपटक पदाधिकारी टुंग्याउन बैठक बसिएपनि महासचिवको बिषयका कारण पदाधिकारी चयन पेचिलो बनेको हो। पदाधिकारीबाहेक सबै बुधबार नै टुंगो लगाइसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights