☰ open

मैले एमाले रोज्नुको कारण संघ र प्रदेशसभा निर्वाचन होइन : नेता यादव

२०७९ भाद्र ४, शनिबार १८:४१
media khavar

काठमाडौँ, । २०४० सालदेखि कम्युनिष्ट आन्दोलनबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गर्नुभएका पूर्व राज्यमन्त्री रामसिँह यादव ०४२ सालमा राराभ क्याम्पस स्वावियू कोषध्यक्षदेखि उपसभापति बन्नुभएको थियो । पूर्व मन्त्री यादव तत्कालिन (माले) निकट अनेरास्ववियू जनवर्गीय सङ्गठनमा अनेरास्ववियु प्रारायुसंघ (माले) र एलाईन्स नेपालको (सामाजिक मानव अधिकार संरक्षण समितिमा आवद्ध हुदै गैसस महासंघ र प्रगतिशिल कानुन् व्यावसायिक नेतृत्वमा रहि २०६८ मा नेकपा एमालेको जिल्ला अध्यक्षमा झिनु मतले प्राजय हुनभएको थियो ।

एमाले पार्टी भित्रको कुष्ठ अन्तरविरोधका कारण २०६९ मा नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । माओवादी केन्द्रबाट केन्द्रीय सदस्य बन्नुभएका नेता यदव समानुपातिकबाट संविधानसभा सदस्य भई नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री समेत बन्नुभएको थियो । केहिँ दिनअघीमात्र नेकपा माओवादी केन्द्र परित्याग गरि उहाँ नेकपा एमालेमा प्रवेश हुनुभएको थियो ।

उहाँसँगको कुराकानि ……

प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा नेकपा(माओवादी केन्द्र) परित्याग गरेर एमाले प्रवेश गर्नुको कारण के हो ?

मैले सङ्घ र प्रदेशसभा सदस्यको निर्वाचनको कारणले नेकपा एमाले रोजेको होइन । मेरो पृष्ठभूमि नै एमालेको राजनीतिबाट सुरु भएको हो । मैले कम्युनिष्ट आन्दोलनमै मेहनत र पसिना खर्चेको छु । तत्कालीन समयमा एमालेले स्थानीय स्तरमा देखिएको अन्तरविरोध सम्बोधन गर्न सकेन । ठीक त्यत्ति नै बेला नेकपा एमालेभन्दा माओवादीले उठाएका मुद्दा, सवाल र प्रगतिशील विचारधारा तथा माओवादी केन्द्रमा पाएको उत्साह देखेर प्रवेश गरेको थिएँ । तर सांगठिक अवस्था, नेतृत्वको कार्यगत भुमिका र पछिल्लो अवस्थामा देखिएको सैद्धान्तिक विचित्रताको कारणले माओवादीप्रतिको असन्तुष्टि बढ्यो । उसले महाधिवेशन गर्यो तर अझै पदाधिकारीको टुङ्गो लगठाउन सकेको छैन् ।

पोलिटव्युरो चयन भएको छैन । केन्द्र कमिटि बल्लबल्ल चयन भयो । महाधिवेशनमा चुनावी माध्यमबाटै टुङ्ग्याइनुपथ्र्यो । त्यसो हुनसक्दा थुप्रै नेता कार्यकर्ताबीच असन्तुष्टि देखिएका छन् । ती असन्तुष्टिहरुलाई समेटन नसकेको कारण आफू माओवादी केन्द्रमा बस्नुभन्दा नेकपा(एमाले) रोज्न पुगेको छु ।

माओवादी केन्द्र गठबन्धन बनाएर सरकारमा जाँदा पनि असन्तुष्ट हुनुभयो, किन ?

विचार नमिल्ने, सिद्धान्त नमिल्ने, प्रवृत्ति नमिल्नेबीच पनि गठबन्धन हुन्छ र ? आफ्नो शासनसत्ताकालमा माओवादीलाई अन्त्य गर्ने कदम चालेकासँग गठबन्धनमा जानु उपयुक्त लागेन । आफ्नै दल नेतृत्वको दुई तिहाइ बहुमतको सरकार ढालेर प्रतिपक्षीसँग साँठगाँठ गरेर सरकार बनाउनु अपाच्य हो । नेकपाभित्र कमीकमजोरी थियो होला । तर सांगठिक सिद्धान्तअनुसार टुङ्ग्याउनुको साटो विभाजनमा जानु उचित थिएन ।

राजनीतिक, साङ्गठनिक, वैचारिक र कम्युनिष्ट आन्दोलनलाई टुक्राउनमात्रै सङ्गठित गर्नुभन्दा टुक्राउने स्थिति सृजना हुनु र ठोस निर्णय दिननसक्ने अवस्था माओवादी केन्द्रमा विद्यमान छन् । मैले पटक पटक गठबन्धन अस्वभाविक रहेको र नेपाली जनताले बाम गठबन्धन खोजेको भन्दै आएको छु ।  म नेकपा(माले)बाट एमाले भएर अगाडि बढेको हुँ । नेपाली जनताको हकहितमा काम गर्नसक्ने र कम्युनिष्ट पार्टीलाई एकतावद्ध गराएर नेपाललाई समृद्ध बनाउन सक्ने तथा नेपाली जनताको आस्था र विश्वासलाई प्रोत्साहन गर्न सक्ने पार्टी नेकपा एमाले नै रहेको बुझिसकेपछि म पुन एमालमै फर्केको हु ।  माओवादीभित्र पनि दुई धार छन् । सङ्गठनको बैठकमा जाँदा युद्धबाट आएका र नआएकाहरुबीच खाडल देखियो । व्यवहार स्वतः त्यसप्रकारको हुन गयो । यी र यस्ता अप्ठ्यारोले आफू दिक्क भएँ ।

उम्मेदवारी हुनकैलागि तपाई एमालेमा प्रवेश भएको भन्ने सुनिन्छ । एमालेबाट तपाईको उम्मेदवारी हुन्छ ?

जहाँसम्म आगामी चुनावमा उम्मेदवारीको प्रसङ्ग छ, पार्टीले विश्वास गरेर उम्मेदवारी दिन लगाए आफू पछि हटने छैन् । नेकपा(एमाले)भित्र विधि, प्रकृया पुर्याएर उम्मेदवार बनाइन्छ । विधि र प्रकृयाअनुसार स्थानीय स्तरबाट सिफारीस भएका व्यक्ति जनतामा लोकप्रिय हुन्छ । एमालेको विचार राख्न सक्ने र यो अप्राकृतिक गठबन्धनलाई हराउन सक्ने उम्मेदवार चाहिएको छ । उक्त विधि र प्रकृयामा म परेको छु भने पार्टीले उम्मेदवार बनाउने हो । आफू नै उम्मेदवार हुनुपर्ने छैन् । पार्टीले उम्मेदवार बनाउनेसँग सहकार्य गरेर अगाडि बढछु । हैन मलाई उम्मेदवार बनायो भने एमालेको झण्डा बोकेर चुनावमा होमिन्छु ।

मधेशमा एमालेको अवस्था कस्तो छ ?

एमाले मधेशमा कमजोर छ भनिन्छ । तर स्थानीय चुनावकै परिणामलाई आधार बनाउँदा नेकपा(एमाले)ले सम्मानजनक मत पाएको छ । नेकपा एमालेको सरकाको पालामा मधेश प्रति देखाईएको उदारताले पनि मधेशमा एमाले मजबुत हुँदै गएको छ ।
मधेशलाई समृद्ध बनाउने हुलाकी राजमार्गको निर्माण कार्य समेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै रफ्तार समातेको हो । मधेशलाई समृद्धि बनाउने सवालमा कृषि क्षेत्रमा वैज्ञानिक कृषिका कुराहरु गरेर कृर्षकहरुलाई प्रयोगशाला दिने काम नेकपाकै सरकारको पालामा सुरुवात भयो ।

यी र यस्ता कारणहरुले मधेशमा एमालेप्रतिको आकर्षण बढ्दो छ । अहिले सत्ता गठबन्धनले ल्याएको नागरिकता विधेयक मत तान्ने अस्त्रको रुपमा प्रयोग गरिएको छ । जनतालाई झुक्याउन खोजिएको छ । विवाह गरेर आए लगत्तै विदेशी महिलालाई नागरिकता दिने विधि कतै छैन् । राष्ट्रपतिले उक्त विधेयक फर्काएर राम्रो गर्नुभएको छ । यसमा पुनर्विचार हुनुपर्छ । अझ मैले त चुनावपछि आउने सरकारले नै यस विषयमा निर्णय लिएर अगाडि बढ्नुपर्ने सुझाव दिन्छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights