☰ open

प्रतिनिधि र राष्ट्रियसभाको बैठक स्व. गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिने

२०७९ भाद्र ६, सोमबार १०:०४
media khavar

काठमाडौँ । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्न लागेको हो।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । गिरिको निधनकै कारण आइतबार तय गरिएको बैठक स्थगित भएको थियो।

त्यस्तै आज राष्ट्रियसभाको बैठक दिउँसो १२ः५९ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ। बैठकमा प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights