☰ open

निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्दै आयोग

२०७९ भाद्र ६, सोमबार ११:०७
media khavar

काठमाडौँ । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ। छलफल आज बिहान साढे ११ बजेबाट सुरु हुने छ।

दलहरूसँग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगले जनाएको छ । आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights