☰ open

महानगर आगाडि फुटपाथ व्यापारीको आन्दोलन

२०७९ भाद्र ७, मंगलवार १४:२८
media khavar

काठमाडौँ । फुटपाथ व्यापारीले विभिन्न माग राखेर महानगरको कार्यलय आगाडि आन्दोलन गरेका छन्।काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन्।

सडक किनारमा व्यवसाय गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाइ समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरी स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ।

स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा ज्ञापन पत्र बुझाउन गएका उनीहरुले ३ बुँदे माग राख्दै एक हप्ताभित्र पूरा नगरे अझै चर्को आन्दोलन गर्ने चेतावनी दिएका छन्। काठमाडौं महानगरपालिकाले केही दिनअघि बानेश्वर लगायतका क्षेत्रका फुटपाथमा व्यापार बन्द गराएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights