☰ open

गठबन्धनको बैठक विना निष्कर्ष सकियो

२०७९ भाद्र ७, मंगलवार १९:०४
media khavar

काठमाडौँ । आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडबारे टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ।

कार्यदल र शिर्ष नेताहरुबीच सो विषयमा टुंगो लगाउने गरी मंगलबार (आज) अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक पनि विना सहमति टुंगिएको हो। कार्य दलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित भएपछि केहीबेर छलफल गरेर बैठक भोली अपरान्ह पाँच बजे बस्ने गरी सकिएको राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए।

उनले २०७४ सालको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन, हालै सम्पन्न स्थानीय तह निर्वाचन र दलहरुले जित्ने ठाउँलाई समेत आधार बनाएर सिट बाँडफाँड गर्ने विषयमा छलफल भईरहेको र भदौं ९ गते बिहीबार भित्र त्यसलाई टुंगोमा पु¥याउने गरी गठबन्धनमा आवद्ध दलका नेताहरुबीच छलफल भइरहेको बताऐ।

नेता पुरीले भने, ‘आज निष्कर्षमा पुग्न सकिएन। कार्यदलको संयोजक पनि हुनु भएन आज। त्यसले गर्दाखेरी हाम्रो छलफल चाँही जारी रह्यो। आज निष्कर्षमा पुग्न सकेन। भोली फेरी बैठक बस्ने तय भएको छ। भोली पाँच बजे बैठक छ। त्यसमा छलफल भएर हामी अव टुंग्याउँछौं। नौं गते भित्र यसलाई टुंग्याउने प्रयत्न गर्छौं ।

हामीले त्यसलाई समग्र रुपमा छलफल गरिराखेको छौं। सिट बाँडफाँडको आधारहरुको विषयमा छलफल भईरहेको छ । गते निर्वाचनको प्रत्येक्षतर्फको एउटा आधार छ। समानुपातिकको अर्को आधार छ । स्थानीय तह निर्वाचनलाई पनि आधार बनाउने कुरा गरिराखेका छौं। विभिन्न आधारहरुको विषयमा छलफल गरिराखेका छौं। छलफल सकारात्मक रुपमा अगाडि बढिराखेको छ। भोली पनि बैठक हुन्छ।’

सत्तारुढ दलहरुले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि काँग्रेस नेता सिटौला नेतृत्वको कार्यदल बनाएका छन्। तर कार्य दलका संयोजक सिटौला विरामी भएका कारण आजको बैठकमा उपस्थित हुन सकेनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights