☰ open

एमाले स्थायी कमिटी बैठक : भदौ २० गतेभित्र उम्मेदवारहरुको नामावली सिफारिस गर्ने प्रस्ताव

२०७९ भाद्र ७, मंगलवार १९:१२
media khavar

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मंगलबारको स्थायी कमिटी बैठकले भदौ २० गतेभित्र तल्लो तहबाट उम्मेदवारहरुको नामावली सिफारिस गरेर पठाइसक्नुपर्ने प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव बुधबारको बैठकबाट पारित हुने स्रोतले बतायो।

मंगलबारको बैठकले प्रदेशसभा र प्रतिनिधिसभाका लागि आफ्नो उम्मेदवारहरुको नामावली २० गते भित्र पठाउन तल्लो तहलाई निर्देशन दिने प्रस्ताव अघि सारेको हो।

यसैगरी निर्वाचनका लागि एमालेले ‘आगामी सरकार एमालेको प्रगतिशील र देशभक्त र लोकतन्त्रवादी’को भन्ने नारा पनि प्रस्ताव गरेको छ।

स्रोतका अनुसार बैठकले निर्वाचन एमालेका लागि चूनौतीपूर्ण रहेवपन यसलाई बहुमत उन्मूख बनाउन पार्टी पंक्ति सक्रिय हुनुपर्ने ठहर गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights