☰ open

रेशम पत्नी रञ्जिता श्रेष्ठको कैलाली १ बाट उम्मेदवारी दिने घोषणा

२०७९ भाद्र ९, बिहीबार १०:२६
media khavar

धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन । उनले बुधबार एक कार्यक्रमबीच उक्त घोषणा गरेकी हुन ।

रञ्जिता ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रेशम चौधरीकी पत्नी हुन । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम कैदमै छन । कारागारमै भएकाले रेशमले चुनाव लड्न सम्भव नभएपछि रञ्जिताले चुनाव लड्ने घोषणा गरेकी हुन् । टीकापुर क्षेत्र कैलाली–१ मा पर्छ ।

पहिचानको मुद्दाका साथै ‘टीकापुर घटना राजनीतिक हो’ भन्ने मान्यता बोकेर ०७८ पुसमा गठित नागरिक उन्मुक्ति पार्टीले गठन भएको केही महिनामै भएको स्थानीय निर्वाचनमा कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा जितेर जिल्लामा पहिलो पार्टी बनेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights