☰ open

एमाले पोलिटब्युरो बैठक बस्दै : केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने

२०७९ भाद्र ९, बिहीबार १०:३३
media khavar

काठमाडौँ । नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ ।

पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । एमालेले केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने यसअघि नै निर्णय गरिसकेको छ ।

निर्वाचन मिति नजिकिएसँगै एमालेले आफ्ना गतिविधि पनि निर्वाचन लक्षित बनाउँदै लगेको छ । सहकार्यमा आउन चाहेका साना दलहरूसँग मिल्दै निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिष्पर्धा गर्ने रणनीति एमालेले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights