☰ open

मेयर बालेनको आक्रोश व्यक्त

२०७९ भाद्र ९, बिहीबार १४:४५
media khavar

काठमाडौँ महानगरपालिका भित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिएका मेयर बालेन्द्र शाह (बालेन)ले आक्रोश व्यक्त गरेका छन्। बिहीबार बिहान काठमाडौँको नयाँबानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित भएका हुन्।

त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा संचालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका निर्देशक शर्माले ‘सरकारसँग अनुमति लिएर आफूले सो संरचना बनाइएको’ जिकीर गरे। त्यसपछि मेयर शाहले ‘नक्सा देखाउन’ शर्मासँग आग्रह गरे। ‘हजुरसँग हुनुपर्ने’ निर्देशक शर्माको जवाफ थियो। त्यसपछि मेयर शाह ‘तपाईको घरको नक्सा अरुसँग हुन्छ ? भन्दै आक्रोशित भए।

त्यसलगत्तै निर्देशक शर्माले ‘तपाई हाम्रो जनप्रतिनिधि भएर आवेशमा आएर नबोल्नुस’ भनेपछि मेयर शाह केही शान्त मोडमा देखिए। ‘३५ दिने सूचना दिएको र त्यस अवधिमा पनि खाली नभएपछि आफू अनुगमनमा निस्किएको’ उनको भनाई थियो। मेयर शाह र कम्प्लेक्सका निर्देशक शर्माबीचको सवाल जवाफ नै भयो। ‘यो संरचना तत्काल हटाउनुस् । तपाईले यहाँ खोल्न पाउनु हुन्न। नखोलौं केही छैन। मैले व्यवसाय गर्ने भनेर सरकारसँग अनुमति लिएको छु। ल्याउनुस् त छ भने। हजुरसँग हुनुपर्ने?

तपाईको घरको नक्सा मसँग हुनुपर्छ? नगरपालिकासँग के हुन्छ त? यहाँनिर यत्रो नोटिस दिएको छ। यो के हो त? ३५ दिने सूचना दिई खाली गर्न भनेर नोटिस दिएको छैन ? तपाईको घरको नक्सा अरुसँग हुन्छ? अनि मैले कसरी गर्ने खाली ? तपाई आवेशमा आएर नबोल्नुस्। तपाई हाम्रो जनप्रतिनिधि होइन? मैले करोडौ कर राज्यलाई तिरेर व्यवसाय गरेको हुँ।’

अनधिकृत रुपमा बनाइएका संरचनाहरु खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो। तर, त्यो सूचनाको अवज्ञा भएपछि मेयर शाहले आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत रुपमा बनाइएको भौतिक संरचनाहरु हटाउने काम सुरु गरेको हो।

मेयर शाहले अनुमतिविना संचालनमा आएका संरचनाहरु हटाउनका लागि काठमाडौँ महानगरका कर्मचारी, सुरक्षाकर्मी र ट्राफिक प्रहरी समेत परिचालन गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights