☰ open

अध्यक्ष ओलीको ब्रिफिङ : ‘त्यत्रो गम्भीर कुरा गरेको छ, प्रधानमन्त्रीले मुन्टा हल्लाएर बसे’

२०७९ भाद्र ९, बिहीबार १८:५३
media khavar

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे आफूले प्रधानमन्त्रीसँग गम्भीर आपत्ति जनाएको बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय, च्यासलमा बसेको पोलिटब्यूरो बैठकमा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार बालुवाटारमा भएको भेटबारे ब्रिफिङ गरेका हुन् । ‘सरकारले गरेको कामप्रति गम्भीर आलोचना जनाएँ’ बैठकमा ओलीले भने, ‘यो–यो गर्नुहोस्, तपाईहरुले मनपरी गर्नु पाउन हुन्न भनेको छु ।’

बुधबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो । त्यो भेटमा प्रधानमन्त्री देउवालाई ओलीले प्रतिपक्षी दलकोे आपत्ति नसुने एमाले चुप लागेर नबस्ने चेतावनी दिएका थिए । ‘सच्याउनुहोस् भनेको कुरा नसच्चिए एमाले चुप लागेर बस्दैन भनेको छु’ ओलीको भनाइ उदृत गर्दै एक नेताले भने ।

ती नेताका अनुसार, नागरिकता विधेयकमा गम्भीर त्रुटि भएको र टीआरसी विधेयक स्वीकार्य नहुने अडान प्रधानमन्त्री देउवासँग राखेको अध्यक्ष ओलीले बैठकलाई जानकारी गराए । ‘द्वन्द्वकालका मानवताविरुद्धको अपराधलाई छुट दिन कुनै हालतमा सकिँदैन’ प्रधानमन्त्री देउवासँग लिएको अडानबारे ओलीले जानकारी दिएका थिए ।

तर आफैंले बालुवाटार बोलाएर भएको छलफलमा प्रधानमन्त्री देउवाले कुनै जवाफ नदिएको ओलीले ब्रिफिङ गरेका थिए । ‘त्यत्रो गम्भीर कुरा गरेको छ, मुन्टा हल्लाएर बसे’, ओलीको ब्रिफिङ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights