☰ open

अब मिचाहा वर्गलाई कानून मिची रहन र मोटाइ रहन नदिने : मेयर बालेन

२०७९ भाद्र १२, आईतवार १०:०४
media khavar

काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने बताएका छन्। आइतबार मेयर बालेनले प्रेस विज्ञप्ति जारी गर्दै अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने बताएका हुन्।

उनले भनेका छन्,’सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भूइ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानूनी छ। अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाई रहन दिने छैनौं।’

न्यायिक निरुपण पछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौं महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ उक्त कुरा बुझिदिन पनि उनले आग्रह गरेका छन्।

पछिल्लो समय अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको बताउँदै अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको लागि महानगर प्रहरी बलको परिचालन गर्न सक्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) ले दिएको उनले बताएका छन्।

कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैले गरेको कवुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व रहेको पनि उनले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights