☰ open

प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयक १० दिन पछाडि राष्ट्रिय सभामा जानकारी

२०७९ भाद्र १२, आईतवार ११:१४
media khavar

काठमाडौँ । संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।

फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित भइसकेको छ । २ भदौमै प्रतिनिधिसभाल पारित गरेको विधेयकबारे १० दिन पछाडि राष्ट्रिय सभामा जानकारी गराउन लागिएको हो ।

राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक संसदको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।

आइतबार राष्ट्रियसभामा फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल हुनेछ । राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउन सक्छ ।

विधेयक पुनः संघीय संसदबाट पारित भएर गएपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानतः फेरि पारित भएर गएको विधेयक फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights