☰ open

त्रिभुवनको पत्रकार सम्मेलन विथोल्ने प्रयास गर्दा अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान

२०७९ भाद्र १२, आईतवार १३:४७
media khavar

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा झडप भएको छ । आइतबार त्रिभुवन विश्वविद्यालय प्रशासनको पत्रकार सम्मेलन नेविसंघका विद्यार्थी समूहले सम्मेलन विथोल्ने प्रयास गर्दा झडप भएको हो।

त्रिवि प्रशासनले पत्रकार सममेलन गरेको थियो। सोहि समयमा नेविसंघले उपकुलपतिले राजीनामा दिनुपर्ने, हुबहु प्रश्नपत्रबारे छानबिन समितिको प्रतिवेद सार्वजनिक गरिनुपर्ने लगायत माग राखेर प्रदर्शन गरिरहेको थियो।

उक्त प्रदशनलाई अनेरास्ववियुले हस्तक्षेप गर्न खोज्दा अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान  भएको हो। ढुंगा हानाहानबाट एक प्रहरी निरीक्षकसहित दुई जना नेविसंघका नेताहरू घाइते भएका छन्।

त्रिविको प्रश्नपत्रमा त्रिवि पदाधिकारीले लापरबाही गरेको भन्दै नेपाल विद्यार्थी संघले २७ असारदेखि विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी गरेको थियो। त्यसविरुद्ध त्रिवि प्रशासनले पत्रकार सम्मेलन गरी जानकारी दिने कार्यक्रम थियो।

त्रिविले यसअघि आफ्नो परिसरमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अपिल समेत गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights