☰ open

भ्रम फैलाउनेलाई ओलीले भने : जन्मसिद्ध नागरिकता दिने काम किन अल्झाएर राखेको ?

२०७९ भाद्र १२, आईतवार १७:५३
media khavar

काठमाडौं, । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फैलाउने प्रयास गरेको आरोप लगाएका छन् ।

विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले मार्छ भनेर भ्रम छरे जस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैंल्याउने काम भएको उनको आरोप छ । अध्यक्ष ओलीले नागरिकता विधेयकको विषयमा सार्वजनिक भएका गलत विषयको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भन्दै सरकारलाई प्रश्न समेत गरे ।

नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रुपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताए । उनले भने, ‘नेकपा (एमाले) जनताको हरेक समस्या समाधान गर्न चाहन्छ । एमाले जनताको समस्या समाधान गरेर आएको पार्टी हो । एमाले नागरिकताको समस्या स्थायी रुपमा समाधान होस भन्ने चाहन्छ । सार्वजनिक भएका भ्रमलाई प्रतिवाद गर्नुपर्छ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन जित्नैपर्ने दोहो¥याए । राष्ट्रहितको रक्षा र सम्मानका लागि, राष्ट्रियताको रक्षा र सम्वद्र्धनका लागि मुलुकको स्वाधिनताको सही ढंगले प्रयोग गर्नका लागि एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उनको तर्क छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights