☰ open

अनेरास्ववियूले ४९ दिनपछि खोल्यो त्रिभुवनको तालाबन्दी

२०७९ भाद्र १२, आईतवार १८:४७
media khavar

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयमा ४९ दिनदेखि लागेको तालाबन्दी खोल्ने वित्तिकै नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ।

आइतबार विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलन गर्न खोज्दा नेपाल विद्यार्थी संघको एक समूहले अवरोध गरेको थियो। नेविसंघको गतिविधिरुद्ध अनेरास्ववियूले नाराबाजी गरेको थियो।

त्रिवि अनेरास्ववियूका अध्यक्ष शम्भु भट्टका अनुसार सुरक्षाकर्मी र स्थानीयको रोहबरमा तालाबन्दी खोलिएको थियो। आफूहरुको सहमतिबिना ताला खोलिएको भन्दै फेरि नेविसंघले तालाबन्दी गरेको छ।

नेविसंघले परीक्षाको प्रश्न पत्रमा लापरबाही गरेको भन्दै २७ असारदेखि त्रिविका विभिन्न कार्यालयमा तालाबन्दी गरेको थियो। उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलनमा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण नरहेको बताए।

नेविसंघका कार्यकर्ताहरुले शुक्रबार जमलस्थित एक होटलमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकमा पनि जबरजस्ती प्रवेश गरेर कागजातहरु खोसेर लगेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights