☰ open

मेयर बालेन विरुद्ध दर्ता भएको मुद्दामा सुनुवाइ

२०७९ भाद्र १३, सोमबार १५:२७
media khavar

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइ भएको छ।

अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी दिएको निवेदनमा (आज) सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको सर्वोच्चका प्रवक्ता विमल पौडेललेले नागरिक न्यूजलाई बताए।

यसअघि सर्वोच्च अदालतले नर्भिक अस्पतालको संरचना नभत्काउन दिएको अन्तरकालीन आदेशविरुद्धमा बालेनले सामाजिक सञ्जालमा ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुन्छ’ भनी प्रतिक्रिया दिएका थिए।

सो प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त मुद्दाको सुनुवाइ भइसकेपनि आदेश आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights