☰ open

कृषि ब्यवसायीकरणमा मुक्तिनाथ कृषि कम्पनीको आक्रमक योजना

२०७९ भाद्र १५, बुधबार ०९:३१
media khavar

एकै दिन आठवटा कम्पनी सञ्चालनको घोषणा,कम्पनीलाई ग्रामीण तथा शहरी अर्थतन्त्रबीच आर्थिक सहसम्वन्धको माध्यम बनाइने

काठमाण्डौ, । मुक्तिनाथ कृषि कम्पनी लि. ले मंगलवार एकै पटक आठ वटा सहायक कृषि कम्पनीहरुको घोषणा र उद्घाटन गरेर कृषि क्षेत्रमा कम्पनीको आक्रमक योजना सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो स्थापनाको चौथो वर्षको उपलक्ष्यमा स्याड्जाको फर्ममा कलमी गरेर विकास गरिएको सुन्तलाको बिरुवामा मुक्तिनाथ कृषि कम्पनीका प्रवद्र्धकहरुद्धारा सामुहिक रुपमा जल सिञ्चन गरि यस्तो आक्रमक योजना शुरु गरिएको घोषणा गरेको हो ।

द्रुत गतिमा विकास गरिरहेको बैकको रुपमा चिनिएको मुक्तिनाथ विकास बैक ग्रुपको एउटा महत्वपूर्ण कम्पनीको रुपमा रहेको यो कृषि कम्पनीले कृषि क्षेत्रमा युवा समुहको आकर्षण बढाएर बित्तीय र गैर बित्तीय सेवाहरु प्रदान गर्न सक्ने दह्रो कृषि चक्र स्थापना गर्ने उद्देश्य लिएको छ ।

मंगलबार उद्घाटन गरिएका आठवटा कम्पनीमा मुक्तिनाथ सिड बैक लि.,मुक्तिनाथ फर्टिलाइजर लि.,मुक्तिनाथ नर्सरी लि., मुक्तिनाथ लाईभस्टक लि., मुक्तिनाथ हर्वल लि., मुक्तिनाथ फुड बैक लि.,मुक्तिनाथ एग्रो मेशिनरी लि., मुक्तिनाथ टेडिग लि., रहेको मुक्तिनाथ कृषि कम्पनी लि. का कार्यकारी अध्यक्ष तथा मुक्तिनाथ बिकास बैकका अध्यक्ष भरतराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यी कम्पनीमध्ये मुक्तिनाथ सिड बैकले बिभिन्न प्रकारका स्वच्छ बिउ विजन उत्पादन गरेर ग्रामीण तहका कृषक समक्ष पुर्याउने लक्ष्य लिएको छ भने मुक्तिनाथ फर्टिलाइजर लि.ले हालको आपूर्ति प्रणालीबाट कृषक र कृषि क्षेमा पुग्न गएको नकारात्मक शन्देश मेटाउन बिभिन्न प्रकारको मलको सहज र अबिच्छिन्न आपूर्ति गर्ने लक्ष्य लिएको छ ।

यस्तै, मुक्तिनाथ नर्सरी लि.ले सिजन अनुसारका बिरुवाहरुको आपूर्ति गरेर किसानले चाहेको सिजनमा आफ्नो चाहना अनुसारका बिरुवाहरु प्राप्त गर्न सक्ने छन्, मुक्तिनाथ लाईस्टक लि.ले पशु क्षेत्रका आबश्यक सामग्रीहरुको आपूर्ति तथा पशुजन्य उत्पादनको आपूर्तिमा सुनिश्चिता प्रदान गर्ने छ ।

यस्तै मुक्तिनाथ हर्वल लि.ले बिभिन्न प्रकारका जडीबुटीहरुको संकलन, प्रशोधन र बितरणको सुनिश्चितता प्रदान गर्ने छ भने, मुक्तिनाथ फुड बैक लि.ले पोषण र खाद्य सुरक्षाबारे बिभिन्न क्रियाकलाप तथा ज्ञान प्रदान गर्ने छ । मुक्तिनाथ एग्रो मेशिनरी लि.ले आधुनिकीकरण र ब्यवयायीकरणतर्फ अघि बढ्न खोजिरहेको नेपाली कृषि क्षेत्रलाई कृषि यान्त्रिकरणको आपूर्ति र सहयोगबाट बल प्रदान गर्ने उद्देश्य राखेको छ ।

यस्तै, मुक्तिनाथ टेडिग लि.ले समग्र ब्यवसायिक चक्रको माध्यमबाट भएको कृषि उत्पादनको संकलन र बिक्री बितरण गरेर गाउँको स्वच्छ कृषि उत्पादन शहरमा पुर्याउने र शहरको पूँजी गाउँमा पुर्याउने माध्यमको रुपमा उपयोग गर्ने प्रयास पनि गर्ने छ ।
कम्पनीले यी सबै कम्पनीहरुबीच सहकार्य र अन्र्तसम्वन्धको विकास गरेर कृषि चक्रको विकासको माध्यमबाट गाउँको उत्पादन शहरमा र शहरको पूँजी गाउँमा पुर्याउने लक्ष्य लिएको छ ।

यो लक्ष्य सफल गराउन र कृषिलाई राष्टिय सम्मृद्धिको आधारको रुपमा विकास गर्न तथा उत्पादनलाई सम्मृद्धिको आधार मानेर कृषि सम्मृद्धिको आधार कृषि र कृषिको आधार प्रविधि भन्ने नारा पनि तय गरेको छ ।

देशका सातवटै प्रदेशका ६२ वटा जिल्लाका ३५० भन्दा बढि साझेदारको सञ्जाल बनाई सकेको कम्पनीले एउटै छानाबाट कृषकसँग मुक्तिनाथ उद्यमशिलता विकासका लागि मुक्तिनाथ उद्यमशिलता केन्द्र,कृषकहरुको सुबिधाका लागि कृषि उद्यमी कार्ड,कृषि उपज खरीद बिक्रीका लागि मुक्तिनाथ एग्रि लिंक,स्थानीय तहलाई कृषिसँग जोड्न र ति निकायहरुसँग सहकार्य गरेर अघि बढ्न एक स्थानीय तह एक उत्पादको अवधारणा पनि अगाडि सारेको छ ।

यी सबै कार्य प्रकृतिको मुल केन्द्रबिन्दु र कार्यान्वयनको आधार कृषक नै भएकोले कम्पनीले कृषि परामर्श केन्द्रको स्थापना र विकासको अवधारणा अघि सारेको छ । यस अवधारणा अन्तर्गत कम्पनीद्धारा कृषले आबश्यक ठानेका कृषिसँग सरोकार राख्ने कुनै पनि परामर्श तत्कालै उपलब्ध गराउने छ ।

कृषिको प्रवद्र्धनको लागि नीतिगत सुधारका गर्न कम्पनीले कृषि मूल्य श्रृंखला ब्यवस्थापन आयोगको गठन गर्नुपर्ने र यसको भूमिका यो क्षेत्रको नियामक निकायको रुपमा रहनुपर्ने,कृषि क्षेत्रमा औद्योगिकरण र ब्यवसायीकरण गर्न कृषि बिशेष आर्थिक क्षेत्र स्थापना लगायत लागि कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथको अवधारण पनि सरकारका लागि सुझावको रुपमा अघि सारेको छ । यो अवधारणले यस क्षेत्रको समग्र बिकासमा सहज वातावरण तयार गर्ने कम्पनीको बिश्वास रहेको छ ।

कम्पनीका नायव महाप्रवन्धक रामशरण तिमिल्सिनाले कम्पनीको बर्तमान अवस्था तथा भावी कार्यदिशा बारेको आफ्नो प्रस्तुतिकरणमा कम्पनीले बजारको माग अनुसारको उत्पादन,निजी सामुदायिक सहकार्य, युवा आकर्षण अभिबृद्धि, प्रतिस्पर्धात्मक ब्यवसायको विकास,बित्तीय पहँुच र यसको परिचालनको महत्व आदिमा कम्पनीले बिशेष जोड दिएर अघि बढेको जानकारी दिनुभयो ।

हालको शेयर संरचना अनुसार, मुक्तिनाथ कृषि कम्पनीमा मुक्तिनाथ विकास बैकको २५ प्रतिशत ,निजी प्रवद्र्धकहरुको ६५ प्रतिशत शेयर रहेको छ भने बाँकी १० प्रतिशत शेयर सर्बसाधारणबाट उठाइने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights