☰ open

निलम्बित प्रधानन्यायाधीश जबरासँग जवाफ लिन सुरु

२०७९ भाद्र १६, बिहीबार १३:०१
media khavar

काठमाडौं, । प्रतिनिधिसभाको महाभियोग सिफारिसले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज (बिहीबार) पनि जवाफ दिन सुरु गरेको छ । सिफारिस समितिले सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीशसँग जवाफ लिन सुरु गरेको हो ।

समितिले जबरासँग बुधबार पनि बयान लिएको थियो । समितिले सोधेका सबै प्रश्नको जवाफ बुधबार दिन नसकेपछि बिहीबारको बैठक जबराले थप जवाफ दिनेछन् । गत बुधबार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई जवाफ दिनका लागि बोलाएको थियो । बुधबार बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे जवाफ दिन जबरा सिंहदरबार पुगेका थिए ।

गत फागुन १ गते सत्तारुढ दलका सांसदले महाभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बित भएका थिए । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights