☰ open

गृहमन्त्री खाँण रुपन्देही क्षेत्र नं दुईबाट उम्मेदवारका लागि सिफारिस

२०७९ भाद्र १६, बिहीबार १३:५१
media khavar

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ बाट गृहमन्त्री बालकृष्ण खाँण आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्।

नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो।

खाँण २०७४ को निर्वाचनमा रुपन्देही–३ बाट समानुपातिक सांसद बनेका हुन् । रुपन्देही–२ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights