☰ open

जसपाका अध्यक्ष यादव पर्सा क्षेत्र नं ४ र मुख्यमन्त्री राउत क्षेत्र नं १ को (ख) बाट सिफारिस

२०७९ भाद्र १९, आईतवार १०:०१
media khavar

काठमाडौँ । आसन्न संघीय निर्वाचनमा जसपा पर्साले पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ। पर्सा पार्टी सचिव आलमले जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताए।

त्यस्तै मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ। गत निर्वाचनमा पनि जसपाले उनलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights