☰ open

निलम्बित प्रधानन्यायाधीश जबरासित आज पनि बयान लिँदै

२०७९ भाद्र १९, आईतवार १०:३८
media khavar

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको कार्यकक्षमा बिहान ११ बजे बस्न लागेको हो ।

समिति आजको बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासित बयान लिँदै छ। गएको बुधबारदेखि समितिले जबरासितसँग बयान लिन थालेको थियो।

जबरासँगको आजको बयान तेस्रो हो। बुधबार लिएको बयानमा जबरालाई पाँच प्रश्न सोधिएको थियो भने दोस्रो दिन बिहीबार दुई प्रश्न मात्र सोधिएको थियो । जबरालाई कुल ४३ प्रश्न सोधिने समितिले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights