☰ open

अध्यक्ष कमरेडको सबैभन्दा बढी रक्षाक र आलोचक मै हुँ : अर्थमन्त्री शर्मा

२०७९ भाद्र २२, बुधबार १६:५०
media khavar

काठमाडौं,। अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संगठन विधि र पद्दतिमा चल्नुपर्ने बताएका छन् । बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालको सबैभन्दा बढी रक्षा गर्ने र आलोचक पनि आफू भएको चर्चा गरेका छन् ।

उपमहासचिव शर्माले भने, “अध्यक्षको सबभन्दा बढी कडा आलोचक मै हुँ । अध्यक्ष कमरेडको सबैभन्दा बढी रक्षा गर्ने पनि मै हुँ । यो आज तपाईहरुको अगाडि म भन्न चाहन्छु । नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन पनि अगाडी बढ्दैन । आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ । आलोचनाले नेतृत्वको रक्षा हुन्छ । चाकडीले रक्षा हुँदैन, लाइनले रक्षा हुँदैन ।”

पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्तसमेत गरेका छन् ।

उनले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने बताए । पार्टीमा एकले अर्काको विरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृत्ति रहेको भन्दै उनले एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाव साँध्ने काम विद्यार्थी संगठनको अध्यक्षले गर्नु नहुने बताएका छन् । उनले चुनावको बेलामा पार्टीभित्र एकले अर्काको भण्डाफोर नगरी एकताबद्ध भएर जानुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights