☰ open

गठबन्धनका कारण काँग्रेस अप्ठ्यारोमा नपरोस् : नेता कोइराला

२०७९ भाद्र २३, बिहीबार १६:२२
media khavar

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राखेका छन्।

नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा आज आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता डा. कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ एक सय सिट पाउनुपर्ने जिकिर गर्दै गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै अप्ठ्यारो पर्न नहुने बताएका हुन्।

एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उनले स्पष्ट गरे। नेता डा. कोइरालाले भने, ’यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights