☰ open

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने प्रचण्डको आशंका प्रकट

२०७९ भाद्र २४, शुक्रबार १०:५७
media khavar

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगर्न सक्ने आशंका प्रकट गरेका छन् ।

त्यसो भएमा यो विषय अदालतमा जाने वा राष्ट्रपतिले राजीनामा दिनपर्ने उनको भनाइ छ ।आज पोखरामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रचण्डले दोस्रोपटक दुवै सदनबाट पारित भएर गएको विधेयकलाई राष्ट्रपतिले रोक्ने कुनै ठाउँ संविधानले नदिएको बताए ।

उनले भने, ‘मलाई त प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ । तर केही दिनअघि भेटेर कुरा गर्दा उहाँले यसलाई पोलिटिकल इस्यू बनाउने मुडमा रहेको पाएको थिएँ । त्यसैले नगर्ने सम्भावना पनि छ । गर्नुभएन भने यो इस्यू अदालतमा जान्छ र अदालतको फैसलापछि अगाडि बढ्छ ।’

प्रचण्डले विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने उल्लेख गरे । ‘मैले राष्ट्रपतिलाई पनि भनेको थिएँ । प्रमाणीकरण नगरेको अवस्थामा या त राजीनामादिने वा अदालतमा जाने हो । यो दुईवटा हुन सक्छ,’ उनले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights