☰ open

पूर्वकप्तान सन्दीप सीपीएलबाट बाहिरिए, एक–दुई दिनभित्रै नेपाल फर्किदै

२०७९ भाद्र २४, शुक्रबार १५:१३
media khavar

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमबाट निलम्बन गरेसँगै उनले वेस्ट इन्डिजको क्रिकेट लिग गुमाएका हुन् ।

सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सो टिमले बिहीबार सन्दीपले तत्काल लागू हुने गरी प्रतियोगिता छोडेको जनाएको छ । आजै फेसबुक स्टाटस मार्फत सन्दीपले सीपीएलबाट बिदा लिएर नेपाल आउने जनाएका थिए ।

स्रोतका अनुसार सन्दीप एक–दुई दिनभित्रै नेपाल फर्किँदैछन् । पक्राउ पूर्जी जारी गरिएसँगै नेपाल प्रहरीले उनीसँग संवाद गरिरहेको स्रोतको भनाइ छ ।

सन्दीप नेपाली टिमको नेतृत्व गर्दै केन्या गएका थिए । त्यहाँ पाँच म्याचको टी–२० श्रृंखला खेलिसकेर उनी सीपीएलका लागि वेस्ट इन्डिज गएका हुन् । यद्यपि, जमैका तलावाजले तीन म्याच खेलिसक्दा सन्दीपले प्लेइङ ११ मा स्थान पाएका छैनन् ।

सीपीएलका अब बाँकी खेलसँगै उनको क्रिकेट करिअरमै प्रश्न चिन्ह खडा भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights