☰ open

महाअभियो समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आजपनि बयान लिँद

२०७९ भाद्र २६, आईतवार १०:५१
media khavar

काठमाडौं । महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदै छ ।

महाअभियोग सिफारिस समितिको बैठक मध्यान्ह १२ः ३० बजे सिंहदरबारमा बस्न लागेको हो। आजको बैठकमा पनि निलम्बित प्रधानन्यायाधीश जबराले बयान दिने कार्यसूची छ ।

समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अहिलेसम्म ११ वटा प्रश्नको मात्र जवाफ दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध २०७८ फागुन २१ गते ९८ सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधि सभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights