☰ open

सीट बाँडफाँट बिनै सकियो गठबन्धनका शीर्ष नेताको बैठक

२०७९ भाद्र २६, आईतवार १६:१३
media khavar

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ । बालुवाटारमा करिब चार घन्टासम्म चलेको बैठक सीट बाँडफाँट बिनै सकिएको हो। आजको बैठकमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो। बाँकी विषयमा भोलि बिहान ८ बजे बस्ने बैठकमा छलफल गरिने बताइएको छ।

कुन दलले कति सिट लिने भन्नेमा सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको सहमति हुन सकेको छैन्। कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights