☰ open

प्रचण्डलाई भेट्न खुमलटार पुगे गृहमन्त्री र कानुनमन्त्री

२०७९ भाद्र २७, सोमबार ०९:३६
media khavar

काठमाडौं,। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला) खुमलटार पुगेका छन्।

आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका उनीहरुले राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका बताइएको छ।

भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी भएको थियो। त्यस्तै संसदमा रहेको विभिन्न विधेयकबारे पनि छलफल गरेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights