☰ open

पाइपलाइन विस्थापन गर्दा डिजेल आयातमा ५ अर्ब बचत

२०७९ भाद्र २७, सोमबार १३:२३
media khavar

काठमाडौं । नेपाल आयल निगमले पाइपलाइनबाट झन्डै २९ लाख किलोलिटर डिजेल आयात गरेको छ । २०७६ भदौदेखि सुरु भएको परियोजनाबाट हालसम्म २८ लाख ९२ हजार ४ सय २९ किलोलिटर डिजेल आयात भएको हो । ट्यांकरमार्फत हुँदै आएको आयातलाई पाइपलाइनले विस्थापन गर्दा ५ अर्ब रुपैयाँ बचत भएको छ।

निगमको मधेस प्रदेश कार्यालयका प्रमुख प्रदीप यादवले हालसम्म पेट्रोलियम पाइपलाइनबाट बिना अवरोध इन्धन आयात भइरहेको र यसले इन्धन चुहावट रोक्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘पाइपलाइनबाट डिजेल मात्र आइरहेको छ । पेट्रोल भण्डारणका लागि ट्यांकको निर्माण भइरहेको छ ।

२०२४ जनवरीदेखि पेट्रोल र मट्टीतेलसमेत पाइपलाइनबाटै ल्याउछौं,’ प्रमुख यादवले भने, ‘पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनसम्म पुर्याउने र सर्लाहीसम्म ग्यास पाइपलाइनसमेत विस्तार गर्ने योजना छ।’ ग्यास पाइपलाइन सञ्चालनमा आएपछि भारतीय बुलेटले लैजाने गरेको ६ अर्ब रुपैयाँ बिदेसिनबाट रोकिने तथा निगमको वार्षिक ४ अर्ब बचत हुने उनले बताए । यद्यपि पाइपलाइन परियोजनामा हुन सक्ने सम्भावित सुरक्षाबारे सजग हुनुपर्ने उनको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights