☰ open

विभिन्न पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गराउन अध्यक्ष ओली जनकपुरधाम

२०७९ भाद्र २७, सोमबार १३:३२
media khavar

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जनकपुरधाम गएका छन् । कांग्रेस, जसपा, लोसपा र माओवादीका प्रभावशाली नेताहरूलाई पार्टी प्रवेश गराउन ओली त्यहाँ गएका हुन ।

कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव एमालेमा प्रवेशको तयारीमा छन् । शेरबहादुर देउवानिकटका उनी अघिल्लो अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए ।

आन्तरिक कलह बढ्दा पार्टीमा बस्न उपयुक्त नभएका कारण आफू समर्थक नेता(कार्यकर्तासहित एमालेमा प्रवेश गर्न लागेको उनले बताए । एमाले धनुषाले जनकपुरधाममा चुनावी सभासमेत राखेको छ ।

ग्रामीण क्षेत्रबाट कार्यकर्ता र जनता कार्यक्रमस्थल आउने क्रम सुरू भएको छ । बिहान ११ बजे ओली जनकपुर पुग्ने कार्यक्रम छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights