☰ open

उत्पीडित जातीय मुक्ति समाज सिन्धुपाल्चोकको अधिवेशन सकियो, अध्यक्षमा टीका बिश्वकर्मा चयन

२०७९ भाद्र २७, सोमबार १३:४९
media khavar

काठमाडौं । नेपाल उत्पीडित जातीय मुक्ति समाज सिन्धुपाल्चोकको पाचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले ) को जनवर्गीय संगठन मुक्ति समाजको  सम्मेलनले टीका बहादुर बिश्वकर्मालाई अध्यक्षतामा चयन गरेको छ ।

मुक्ति समाज सिन्धुपाल्चोका अनुसार अध्यक्ष बिश्वकर्माको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति जयसन समेत गरेको छ । उपाध्यक्ष तिख ब नेपाली र लक्ष्मी लामिघादे र सचीवमामा धन बहादुर वि.कलाई चयन गरिएको छ । कोषाध्यक्षमा झलक रोक्का ,उपसचिवमा निशान परियार र राम बिक रहनुभएको छ ।

सुखी नेपाली समृद्ध नेपाल हाम्रो अभियान, जातीय मुक्ति र समाजवादका लागि पाचौं जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ सम्पन्न अधिवेशनका अध्यक्षतामा संयोजक राम बहादुर सुनारले गरेका थियो भने प्रमुख अतिथि पार्टी स्थाइ कमिटी सदस्य पुर्व मन्त्री मा. शेर बहादुर तामाङ रहेका थिए ।  विशिष्ट अतिथि पार्टी केन्द्रिय कमिटी सदस्य पुर्व मन्त्री दावा तामाङ र पार्टी बागमती प्रदेश सदस्य मुक्ति समाज केन्द्रिय कमिटी सचिव टेक घतानी रहेका थिए ।

सम्मेलनमा पार्टी बागमती प्रदेश कमिटी सदस्य हस्त पण्डित, डोल्मा तामाङ, बालकृष्ण बस्नेत, चन्द्र बहादुर धिमालकोटी, मित्रलाल चौलागाईं, अशोक चौलागाईं, पार्टी जिल्ला कमिटी अध्यक्ष कमल नेपाल ,पार्टी जिल्ला कमिटी सचीव रामचन्द्र बस्नेत, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण गोपाल तामाङ , पार्टी जिल्ला कमिटी सचिवालय सदस्य डिल बहादुर नेपाली समाज स्थाइ कमिटी सदस्य बिष्णु मिजार ,मुक्ति समाज केन्द्रिय सचिवालय सदस्य एवम् राष्ट्र सेवक बिभाग प्रमुख कृष्ण नेपाली, मुक्ति समाज केन्द्रिय सचिवालय सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उप – प्रमुख सुनिल मिजार ,मुक्ति समाज केन्द्रिय सदस्य सुनिता परियार लगायतको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights