☰ open

मधेशी पहिरनमा अध्यक्ष ओली जनकपुरधाम झरे

२०७९ भाद्र २७, सोमबार १४:००
media khavar

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश झरेका छन् । नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव, पूर्व राज्यमन्त्री अरबिन्द साहलगायतका नेता कार्यकर्ताहरूलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली जनकपुरधाम आएका हुन् ।

ओली मधेशी पहिरन कुर्ता, पाइजामा र गम्छामा सजिएका थिए । जनकपुर विमानस्थलमा ओली उत्रनु अगावैदेखि स्वागतका लागि नेता कार्यकर्ताको भीड थियो ।

उनी विमानस्थलबाट यात्री निवासमा आयोजित एमालेनिकट बौद्धिक परिषद्को कार्यक्रममा पुगेका छन् । त्यहाँ सम्बोधनपश्चात तिरहुतिया गाछीमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने धनुषा एमालेले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights