☰ open

उपत्यकाभित्र आज पनि हुँदैछ ट्राफिक चाप

२०७९ भाद्र २८, मंगलवार १०:०३
media khavar

काठमाडौं उपत्यकाभित्र आज पनि ट्राफिक चाप हुने भएको छ । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका कारण सोमबारदेखि ट्राफिक चाप बढेको हो ।

ट्राफिक प्रहरीका अनुसार आज पनि बिहान पौने ९ बजेको आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतीघर,नयाँ बानेश्वर देखि तिनकुन आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

त्यस्तै साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ । दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीले आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights