☰ open

नागरिकता विधेयकमार्फत मधेसको ‘सेन्टीमेन्ट’आफूतिर तान्ने षड्यन्त्र

२०७९ भाद्र २८, मंगलवार १०:१५
media khavar

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले सत्तारुढ दलले नागरिकता विधेयकमार्फत मधेसको ‘सेन्टीमेन्ट’आफूतिर तान्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। अनागरिकलाई नागरिक बनाउने प्रपञ्चस्वरूप नागरिकता विधेयक आएको भन्दै यो विधेयकका प्रावधान राष्ट्रियताविरोधी रहेको उनले दाबी गरे।

जन्म जिल्ला ताप्लेजुङ आइपुगेका पालुङ्वाले अहिलेको परिवेशमा नागरिकता विधेयक चाहिँदै नचाहिने बताए। ‘मधेसको अभाव माथि दबाब दिएर प्रभावमा पार्न नागरिकता विधेयक ल्याइएको हो,’ उनले भने। पालुङ्वाले अभावका कारण बिदेसिएका नागरिक प्रवासमा भएको र उनीहरूको नोट चल्ने तर भोट नचल्ने बनाएर राज्यले गतिलो काम नगरेको दाबी गरे।

वंशजका आधारमा नागरिकता दिने कार्यलाई बढी सहज बनाउने हो भने नागरिकतासम्बन्धी विषय समाधान हुने उनले बताए। आसन्न निर्वाचन देश सिध्याउने र देश बनाउनेहरू बीचको जनमत संग्रहको रूपमा रहने उनको भनाइ थियो।

पालुङ्वाले आउँदो निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न हुनेमा शंका जनाए। उनले भने, ‘सत्ता र शक्तिको बढी दुरूपयोग हुने खतरा छ, यसले निर्वाचन निष्पक्ष हुनेमा संशय पैदा गराएको छ ।’ जनमुक्ति पार्टी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उनले सुनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights