☰ open

इमानदारी नै उत्तम नीति हो भन्ने सम्झिए जिन्दगीमा धेरै अगाडि बढिन्छ : मेयर बालेन

२०७९ भाद्र २८, मंगलवार १३:४५
media khavar

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगर प्रहरहरूलाई इमानदारी पूर्वक काम गर्न प्रेरणा दिएका छन्। सोमबार भएको एक कार्यक्रममा उनले नगर प्रहरहरूलाई विगतमा भएका गल्ती हरूलाई बिर्सिएर, गल्ती भएका कुराहरुलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न अनुरोध गरेका हुन्।

उनले नेपाल प्रहरी र नगर प्रहरीमा फरक छुट्याइने भएकाले कुनै पनि सुरक्षा निकाएका प्रहरी कोही भन्दा कम नहुने बताए। उनले नगर प्रहरी थप्ने सम्बन्धमा नेपाल प्रहरीमार्फत् सिफारिस राख्ने सबन्धमा उनीहरू इच्छुक नभएको भन्दै सबै सुरक्षाकर्मी एक समान हुने बताएका हुन्।

साथै उनले सबैसँग एक समान हुनलाई के–के गर्नुपर्छ, के कुराको कमी छ खबर गर्न नगर प्रहरीलाई आग्रह गरेका छन् । उनले आफ्नो ५ वर्षको कार्यकालमा एकदमै अनुशासनमा बसेर, सेवाग्राही, व्यापारीहरूलाई अनुशासनमा ल्याउन समेत अनुरोध गरे।

’इमानदारी नै उत्तम नीति हो भन्ने सम्झिए जिन्दगीमा धेरै अगाडि बढिन्छ । गलत काम गरेर आर्जन गरेको पैसाले मान्छेलाई कहिले पनि सुख हुँदैन। हामी हिन्दु धर्म, बौद्ध धर्म मान्ने मान्छेहरु हौँ।’ उनले भने।, ’हामी पापमा विश्वास गर्छौं, गलत बाटोबाट आर्जन गरेको पैसा सबै पाप धुरीबाट कराउँछ भनेझै ति कुराहरुलाई अब तपाईंहरूले मनन गरेर आचरणमा पनि सुधार ल्याउनु होला ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights